
मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ८ सय ५० मत पाएका छन् ।उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् ।
उनले २५ हजार ९ सय ४४ ल्याएकी छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।
काठमाडौं महानगरमा अहिलेसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ।
अहिले १२, १३, १४, २१, २२ र २३ नं वडाको मतगणना भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे