
काठमाडौँ, ७ जेठ । सौदर्य प्रतियोगीताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले पाण्डेलाई काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको हो।
सोको बारेमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले महाशाखा प्रमुख वसन्त कुँवरको अध्यक्षतामा पाँच सदस्यीय समितिसमेत बनाएको थियो।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्।
एक युवतीले आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटक मार्फत् सार्वजनिक गरेकी थिइन्।
पीडित युवतीले टिकटक भिडियोमार्फत पाण्डेले होटलमा बोलाएर बलात्कार गरेको बताएकी छिन ।
ती युवतीले पाण्डेले सफ्ट ड्रिङ्समा बेहोस हुने औषधि मिसाएर खुवाएर बलात्कार गरेको र तस्वीर र भिडियो खिचेर आफुमाथि लगातार ६ महिनासम्म ब्ल्याकमेल गर्दै त्यसपछि पनि जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे