
तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार आनन्दराज त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाईंले ९ हजार ४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार उमा गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गर्नुभएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे