
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत थवाङ्ग गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार ऋषि केशव बुढा मगर २१२२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दलजित रोकालाई ६१६ मतान्तरले पराजित गरेका हुन् । पराजित दलजित रोकाले १५०६ मत ल्याएका छन् ।
त्यस्तै गरी उपप्रमुख तर्फका प्रत्यासी पाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार सर्मीला बुढा मगरले २१२२ मत प्राप्त गरी उपप्रमुख विजय भएका छन् भने उनका प्रतिस्प्रर्धी स्वतन्त्र उम्मेदवार रायबहादुर पुनले १४६८ मत प्राप्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे