
काठमाडौँ । नेपाली कांग्रेसले भरतपुरमा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय निर्देशन विपरीत पाँच दलीय गठबन्धनका उम्मेदवारहरूका विरुद्धमा सक्रिय रहेर पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै पार्टीबाट निलम्बन गरेको बताएका छन्।
कारवाही पर्नेमा भरतपुर महानगरपालिका–१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरूण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ का तरूण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ का क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे