
भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लुम्बिनी आएको छ ।भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी लिएर विमान अवतरण भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते लुम्बिनी भ्रमण गर्दैछन् । मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान बुधबार आएको बिहान आएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ दिल्लीबाट काठमाडौं हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हो । टोलीमा ३० जना रहेको बताइएको छ । उनीहरु जेठ ३ गतेसम्म लुम्बिनीमै बस्नेछन् । उनीहरुलाई छोडेर विमान आजै फिर्ता हुनेछ ।यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हुन पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे