
जेठ १ बाट अब हप्तामा शुक्रबार र शनिबार सार्वजनिक बिदा हुने छ। मन्त्रिपरिषद्ले गरेको सो निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ। सोमबार प्रकाशित राजपत्रमा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० देखि अपरान्ह ५.३० बजेसम्म निर्धारण गरिएको छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९.३० देखि अपरान्ह ४.३० बजेसम्म रहने जनाइएको छ ।
यस्तै राजपत्रमा दशैँ र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरूले तेस्रो दिनदेखि गृहमन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने र सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्ने उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे