
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गर्न नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेको छ । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले गठबन्धन असारभन्दा पर जाँदैन भनेर ओलीजीले मनोवैज्ञानिक प्रभाव दिन खोज्नु भएको हो, यो टिक्दैन गठबन्धनलाई किन भोट हाल्ने भनेर । उहाँको क्षेप्यास्त्र बीचमै पुग्दैन । उहाँ यस्तो गरिरहनुहुन्छ, मनोरञ्जन दिने काम गरिरहनु भएको छ भने ।ओलीले पत्रकार सम्मेलनमा ६७ बुँदे अपिल सार्वजनिक गर्दै आफूमाथि गम्भीर आरोप लगाएको भन्दै प्रवक्ता महतले ओली झूठको बोलेको आरोप लगाएका छन् ।
उनले प्रश्न गदै भने रेल आयो खै उत्तरबाट रेल आयो त ल्याउने भनेको होइन खै त पानीजहाज ।उहाँको कुरा मात्र ठूला गर्नु हुन्छ । कुराले मात्र काँ देश बिकास हुन्छ र ?देश बिकासका लागि त काम गर्नु पर्छ भन्दै नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो, जताततै निजी उद्योग व्यवसायहरू फस्टाउन थाले, महतले भने ।
नेपालको आर्थिक अवस्था नै कांग्रेसले खडा गरेको हो ।नेकपा एमालेलाई कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको प्रवक्ता महतले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे