
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति भवनमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका छन्र ।अध्यक्ष ओलीले नेपाली कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका छन् । कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्याएको आलिले बताए ।ओलीले भने, ‘देशको विकास र समाज रुपान्तरणका लागि एमालेले सधैं अग्रसर हुँदै आएको छ ।
अध्यक्ष ओलिका अनुसार एमालेमात्र एउटा यस्तो पार्टी हो, जो निरन्तर देश र जनताका लागि काम गर्दै आएको छ । एमालेबाहेक अरु पार्टीमा राष्ट्रियता नभएको समेत उनले बताए । नेपाली कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो । सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्यो उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे