
३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन ।प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ । सवारीसाधनको अनुमतिका लागि २८ वैशाखसम्ममा निवेदन दिइसक्नुपर्नेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगको अनुमति पाउने छैनन् । स्थानीय तहको निर्वाचनअन्तर्गत मतदान सुरु हुन ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ ।वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई आग्रह गरिएको हो ।
वैशाख २७ गते राति १२ बजेदेखि मतदान नसकिँदासम्म तोकिएका क्षेत्रमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे