
काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गरने क्रममा कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन्।२०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठूलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर्यो भन्ने नै नरहेको उनले बताए । त्यहिँ क्रममा उनले प्रश्न गर्दै भने, ‘५ वर्षपछि चुनावमा आउँदै गर्दा ५ वर्षअघि मेरो पार्टीलाई जिम्मा दिएका थियो, मैले यो बिकास गरे भन्नुपर्दैन। कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले विजयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो यो बिकास भनेर जवाफ दिनुपर्ने बताए।
दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह समेत गरे।मतदाताले मतदान गर्दा यि कुरा साच्नु पर्ने समेत बताए । खेर गएको ५ वर्षको जिम्मा कसले लिने कसै न कसैले त लिन परयो नि उनले भने, फेरि थपे यसको जिम्मा कम्युनिस्ट पार्टीले लिनुपर्छ, त्यसमा पनि ओलीले जिम्मा लिनुपर्छ साथै दण्डको भागीदार पनि हुनुपर्ने उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे