
सामाजिक सञ्जालमा केही दिनयता आफ्नो हास्य मिश्रित भिडियो भनाइसहितकोबाट भाइरल भएका किशोरलाई प्रहरीले पक्राउ गरेको छ।करिब ३० सेकेन्डको यो भिडियोका कारण चर्को आलोचना भएपछि खोजी गरिरहेको प्रहरीले ती किशोरलाई बुधबार पक्राउ गरेको हो।पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् अपराध गर्न उक्साएको भन्दै म्यादी प्रहरी रेग्मी पक्राउ परेका हुन्। पक्राउ परेका किशोर कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी हुन्।रेग्मीले सेल्फी भिडियोमा ‘नडरा न केटाहरू तेरो दाइ मिदी भइसक्या छ’ भन्दै विविध कुराहरु गर्दै सामजिक सञ्जालमा पोष्ट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ।हामीले गाँजा खानुपर्छ खुवाउनुपर्छ भन्ने कुरालाई गम्भीर रुपमा लिएको हो। म्यादीलाई हामीले कडा अनुशासन सिकाएका छौँ’ उनले भने, ‘टिकटक बनाएर नाच्नु भन्ने अलग कुरा हो। त्यो अपराध गरेको होइन तर गाँजा खुवाउनुपर्छ भन्नु राम्रो होइन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे