
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कारबाही गरेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले उल्टै विप्लवलाई कारबाही गर्दै महासचिवबाट हटाएको छ ।
बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।
भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएको छ ।
उनले पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवहरुले उल्टाएको र पार्टीको विधि विधानविपरित स्थानीय चुनावमा गएको र उल्टै आफूहरुलाई कारबाही गरेपछि विप्लवलाई महासचिवबाट हटाएर पार्टी संयोजक धर्मेन्द्रलाई बनाएको बताए । ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको भेला बिहीबारसम्म चल्ने उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे