
उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।सरकारले आगामी असार मसान्तसम्मका लागि विलासी उपभोग्य सामान रोक लगाइएको छ । मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।
रोक लगाइएका सामान निम्नअनुसार छन्
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. खेल्ने ताससबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५. मोबाइल सेट २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने
८. मोबाइल सेट (६०० अमेरिकी डलर भन्दा माथि मूल्यका )
९. सबै प्रकारका खेलौनाहरु
१०.सबै प्रकारका तयारी मदिरा
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे