
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा दाबी–विरोध दिन सकिने छ ।आज साँझ ५ बजेसम्म दाबी–विरोध गर्न सकिने निर्वाचन आयोगले जनाएको हो ।यस्तै भोलि र पर्सि मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
१६ वैशाखमा भने उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे