
स्थानीय तह निर्वाचनको लागि उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने आज अन्तिम दिन रहेको छ।आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ ।निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेको थियो ।मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेबाट सुरु हुनेछ।मनोनयन दर्ताका लागि आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ । आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् ।
ठूला दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।मनोनयन दर्ता भएका उम्मेदवारको सूची आजै प्रकाशन हुनेछ ।उम्मेदवारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे