
काठमाडौं । नेकपा(एमाले) र राप्रपाबीच चितवनको भरतपुर महानगरपालिकामा चुनावी तालमेल गर्नै सहमति भएको छ । एमालेका शीर्ष नेता र राप्रपाका नेताबीच तालमेल गर्ने सहमति भएको हो।
एमालेका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीका अनुसार राप्रपाले भरतपुरमा मेयरका उम्मेदवार विजय सुबेदीलाई सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको छ।
उनका अनुसार राप्रपाले महानगरको वडा नं. १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नं. ४,११, १६,१९ र २४ मा दुबै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् । यी वडामा मित्रवत प्रतिस्पर्धा हुने छ।
बाँकी केही वडामा एमालेका वडाध्यक्षसहितका सदस्य हुनेछन् ।भने केहीमा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य वडामा उम्मेदवार रहनेछन् । यता गठबन्धनबाट भने भरतपुरको मेयरमा माओवादीलाई दिने सहमति भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे