
काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकका लागि सीमित अवधिको विशेष अभियान सञ्चालन गर्दै व्यतीत (लाप्स) भएका जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीका अनुसार ग्राहकहरूले यो सुविधा ‘वान बाई मेटलाइफ’ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन्।
अभियानअन्तर्गत पाँच वर्षभित्र व्यतीत भएका जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा शतप्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, पाँच वर्षभन्दा बढी समयदेखि व्यतीत रहेका पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा ७५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ। यो विशेष योजना जुन १८ देखि जुलाई १६, २०२६ सम्म लागू रहनेछ।
मेटलाइफका अनुसार यस अभियानले ग्राहकलाई अतिरिक्त विलम्बशुल्कबाट राहत दिँदै आफ्नो बीमा सुरक्षा पुनःसुरु गर्ने अवसर प्रदान गर्नेछ। ‘वान बाई मेटलाइफ’ एप प्रयोग गर्ने ग्राहकले शाखा कार्यालयमा उपस्थित नभई घरबाटै डिजिटल माध्यमबाट सम्पूर्ण पुनःसक्रिय प्रक्रिया पूरा गर्न सक्नेछन्।
एपमार्फत सेवा लिन ग्राहकले लगइन गरी ‘माई इन्सुरेन्स’ मेनुमा रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ। त्यसपछि ‘रिइन्स्टेट पोलिसी’ विकल्पमार्फत आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिनेछ। पुनःसक्रिय प्रक्रियाको अवस्था पनि ग्राहकले एपबाटै सहज रूपमा अनुगमन गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले डिजिटल प्रविधिमार्फत बीमा सेवालाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने दिशामा कम्पनी निरन्तर लागिरहेको बताए। उनले ‘वान बाई मेटलाइफ’ एपमार्फत पोलिसी पुनःसक्रिय गर्ने प्रक्रिया छिटो, सहज र सुविधाजनक बनेको उल्लेख गर्दै सबै ग्राहकलाई विशेष अभियानको लाभ उठाई आफ्नो बीमा सुरक्षा पुनःस्थापित गर्न आग्रह गरे।
डिजिटल सेवा प्रयोग गर्न असहज हुने ग्राहकले भने नजिकको मेटलाइफ शाखा कार्यालयमा पुगेर पनि पोलिसी पुनःसक्रिय गर्न सक्ने कम्पनीले जनाएको छ।
मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय जीवन बीमा कम्पनी हो। कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन, दुर्घटना, स्वास्थ्य तथा सामूहिक बीमा सेवाहरू प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे