
एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले विश्वकप फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। यसपटक उनी विश्वकपका सबै खेल खेलिरहेका छैनन्। जोर्डनविरुद्धको खेलमा उनले पहिलो हाफ बेन्चमा बिताए। दोस्रो हाफको ६१औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याए।
यो गोलसँगै मेस्सी विश्वकपमा लगातार सबैभन्दा धेरै खेलमा गोल गर्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान फ्रान्सका जस्ट फन्टेन र ब्राजिलका जैरजिन्होको नाममा थियो। दुवैले लगातार ६ विश्वकप खेलमा गोल गरेका थिए। अब मेस्सीले पनि त्यो कीर्तिमान बराबरी गर्दै नयाँ इतिहास रचेका छन्।
मेस्सीको लगातार गोल गर्ने यात्रा कतार विश्वकपबाट सुरु भएको थियो। उनले अष्ट्रेलियाविरुद्धको प्रि–क्वार्टरफाइनल, नेदरल्याण्ड्सविरुद्धको क्वार्टरफाइनल, क्रोएसियाविरुद्धको सेमिफाइनल र फ्रान्सविरुद्धको फाइनलमा गोल गरेका थिए। त्यसपछि पनि उनले विश्वकपका पछिल्ला खेलहरूमा गोल गर्ने क्रमलाई निरन्तरता दिएका छन्। यससँगै मेस्सीले विश्व फुटबलमा आफ्नो महान् यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे