
काठमाडौँ । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। सत्तारुढ लेबर पार्टीभित्र बढ्दो असन्तुष्टि र राजनीतिक दबाबका बीच उनले पद छोड्ने निर्णय गरेका हुन्।सरकारको खस्कँदो साखलाई पुनर्जीवित गर्न सक्ने नयाँ नेतालाई सत्ता हस्तान्तरण गर्न चौतर्फी दबाब बढेपछि स्टार्मरले यो घोषणा गरेका हुन्।
स्टार्मरले सोमबार सार्वजनिक सम्बोधनमार्फत आफू अब पार्टी र सरकारको नेतृत्वबाट पछि हट्ने बताएका छन्। उनले नयाँ नेता चयन नभएसम्म कार्यवाहक प्रधानमन्त्रीका रूपमा काम गरिरहने पनि जानकारी दिएका छन्।
सन् २०२४ को आम निर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक जित दिलाएर प्रधानमन्त्री बनेका स्टार्मरको लोकप्रियता पछिल्ला महिनाहरूमा घट्दै गएको थियो। स्थानीय निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर नतिजा बेहोरेपछि उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेको थियो।
राजीनामापछि लेबर पार्टीले नयाँ नेता चयन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। नयाँ नेतृत्व चयन भएपछि बेलायतले नयाँ प्रधानमन्त्री पाउनेछ।
स्टार्मरको राजीनामाले बेलायती राजनीतिमा नयाँ बहस र नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ। अब उनको स्थान कसले लिन्छ भन्ने विषयमा व्यापक चासो देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे