
काठमाडौँ । कञ्चनपुरमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि हातपात गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार कुँवरविरुद्ध अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता भएको छ। प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिरहेको जनाएको छ।
पत्रकार कुँवर र वडाध्यक्ष देवकोटाबीच भएको भनिएको विवादको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। घटनाको वास्तविकता र विवादको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने यस विषयले स्थानीय स्तरमा पनि चासो र चर्चा पाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे