
काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। उहाँ केही वर्षदेखि दम रोगबाट पीडित थिए । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत थिए। उपचारकै क्रममा गए राति उहाँको निधन भएको जानकारी उनका छोरा तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले दिएका छन्।
काभ्रेको खरेलथोकमा विसं २००३ मा जन्मिएका खरेल २०५६ सालको आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। आफ्नो राजनीतिक जीवनमा उहाँले शिक्षा राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो। उनलाई सादगी र सरल स्वभावका नेताका रूपमा चिनिन्थ्यो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे