
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा देशको समसामयिक अवस्थाबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि सोमबार राष्ट्रपतिले संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि प्रतिनिधि सभाको हिजो बसेको बैठकले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे