
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सांसदहरूको विद्युतीय हाजिरी प्रणाली लागू गर्न बायोमेट्रिक विवरण सङ्कलन सुरु गर्ने भएको छ । यसका लागि सबै सांसदलाई तोकिएको समय र स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ ।
संसद् भवन सिंहदरबारमा हुने कार्यक्रममा सांसदहरूको औपचारिक तस्बिर पनि खिचिनेछ । सचिवालयले सांसदलाई औपचारिक पोशाकमा संसद्को लोगो लगाएर उपस्थित हुन भनेको छ ।
विभिन्न संसदीय समितिका सदस्यहरूको बायोमेट्रिक विवरण फरक–फरक समय तालिकाअनुसार लिइनेछ । बिहीबार र शुक्रबार बिहान तथा दिउँसो छुट्टाछुट्टै समितिका सदस्यलाई सम्बन्धित सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।
सचिवालयका अनुसार वैशाख २८ गतेसम्म सबै समितिका सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन गर्ने योजना रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे