
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा युएईलाई ३७ रनले हराएको छ। कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई १६३ रनमै अलआउट भयो। युएईका हरप्रित सिंहले ३९ र कप्तान मोहम्मद वासिमले ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन।
नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिएर टिमलाई जिततर्फ लगे। यसअघि नेपालले पहिले ब्याटिङ गर्दै २०० रन बनाएको थियो। दीपेन्द्रसिंह ऐरीले शानदार ७५ रन बनाए। अन्य खेलाडीले सानो–सानो योगदान दिए। यो जितसँगै नेपाल २१ खेलबाट १४ अंकसहित सातौं स्थानमा छ। अब नेपाललाई एकदिवसीय मान्यता जोगाउन बाँकी खेल जित्नै पर्ने दबाब छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे