
काठमाडौँ । कोलम्बिया एक सैनिक विमान दुर्घटनामा परेको छ, जसमा कम्तिमा ६६ जनाको ज्यान गएको छ र धेरै जना घाइते भएका छन्। कोलम्बियाली वायुसेनाका अनुसार, विमान दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो। विमानमा ११४ जना सैनिक र ११ जना चालक दलका सदस्य थिए। अमेरिकी कम्पनी लकहिड मार्टिनले बनाएको सी–१३० हर्कुलस विमान पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो नजिक खसेको हो।
दुर्घटनापछि उद्धार टोलीले घटनास्थलमा पुगेर बाँचेकाहरूको खोजी गरिरहेको छ। स्थानीयले पनि घाइतेहरूलाई मोटरसाइकलमा राखेर अस्पताल पुर्याएका छन्। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमानमा आगलागी भएपछि त्यसमा रहेको गोला–बारुद विस्फोट हुँदा क्षति बढेको हो।
राष्ट्रपति गुस्ताभो पेट्रोले यो घटना निकै दुःखद भएको बताएका छन्। उनले सेनाका उपकरण र विमान सुधार गर्न ढिलाइ हुनु पनि यस्तो दुर्घटनाको एक कारण हुन सक्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे