
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र हङकङबीच चैत १२ गते हुने तय भएको मैत्रीपूर्ण फुटबल खेलका लागि अझै कुनै आधिकारिक स्वीकृति पाएको छैन भनी स्पष्ट पारेको छ।
एन्फाका अनुसार, दशरथ रंगशालाको मर्मत सम्भार र खेल सञ्चालनका लागि आवश्यक अनुमति समयमै नपाइएको कारण खेल रद्द भएको हो। माघ १० गते नै राखेपलाई पत्र पठाइयो, तर माघ ११ गते दर्ता भएपनि कुनै लिखित स्वीकृति प्राप्त हुन सकेको थिएन।
तर, राखेपले आइतबार एन्फाको विज्ञप्ति खण्डन गर्दै समयमै स्वीकृति दिएको दाबी गरेको थियो। एन्फाले फेरि विज्ञप्ति जारी गर्दै स्वीकृति पाएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको र अझै कुनै आधिकारिक स्वीकृति प्राप्त नभएको प्रष्ट पारेको छ।
एन्फाले प्रशासनिक ढिलाइका कारण खेल रद्द भएकोमा खेलप्रेमीहरूसँग क्षमायाचना गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे