
काठमाडौँ । अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदेशमा बस्ने नेपाली मूलका नागरिक र गैरआवासीय नेपालीका लागि छुट्टै डेस्क राखिने भएको छ।
अध्यागमन विभागका अनुसार, यसले विदेशमा रहेका नेपालीहरूलाई नेपालसँग अझ नजिक बनाउने र पर्यटन तथा लगानी बढाउन सहयोग गर्ने उद्देश्य राखिएको छ। आगमन र प्रस्थान दुवै ठाउँमा यस्तो व्यवस्था गरिनेछ।
यो माग लामो समयदेखि एसोसिएसन अफ नेपाली ओरिजिनले उठाउँदै आएको थियो। सरकारको निर्णयपछि संस्थाले खुशी व्यक्त गर्दै स्वागत गरेको छ। संस्थाका अध्यक्ष डिल्ली अधिकारीले यसले नेपाली पहिचान र सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे