
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको आज बिदाइ हुँदैछ। उनीहरूको ४० दिनको भर्ना अवधि आज सकिएको हो। बिदाइ कार्यक्रममा प्रहरीहरूलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र दिइनेछ र भविष्यमा देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचा गराइ सम्मान गरिनेछ।
यस वर्ष एक लाख ३३ हजार ९ सय ८० जना प्रहरी नेपाल प्रहरी मातहत र १५ हजार १ सय १० जना सशस्त्र प्रहरी मातहत खटाइएका थिए। सशस्त्र प्रहरीको बिदाइ कार्यक्रम पनि आजै आयोजना गरिएको छ।
प्रहरीहरूलाई तलब र सेवासुविधा भत्ता समेत उपलब्ध गराइसकिएको छ। यसमा ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट अनुसारको रासन भत्ता, यातायात भत्ता, खाजा खर्च र पोसाक भत्ताअनुसार एकसरो कपडा खर्च समावेश छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे