
काठमाडौँ। भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा मार्च १२–१४ मा आयोजना हुने प्रतिष्ठित एनएक्सटी सम्मीट २०२६ मा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ। भारतीय संसदका राज्य सभाका सांसद कार्तिकेय शर्माले औपचारिक निमन्त्रणा पत्र पठाएका हुन्।
नयाँ दिल्लीस्थित भारत मण्डपममा हुने यस सम्मेलनमा नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान र प्रविधिका विश्वस्तरीय विशेषज्ञहरू एकै ठाउँमा भेला हुनेछन्। ३० भन्दा बढी देशका सांसद, विश्वका प्रमुख विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी, उपकुलपति र अन्य विशेषज्ञ सहभागी हुने अपेक्षा गरिएको छ।
साथै, प्रसिद्ध भौतिकशास्त्री डा। ब्रायन ग्रीनको सहकार्यमा “एनएक्सटी इन साइन्स” कार्यक्रम पनि आयोजना हुने छ। रेनु दाहालको उपस्थितिले सम्मेलन अझ प्रभावकारी हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे