
काठमाडौं । देशभर अहिले वायु प्रदूषणको स्तर निकै बढेको छ। विशेषगरी काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक बनेको छ। मंगलबार बिहान करिब ९ः४५ बजे गरिएको मापनअनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० २१३ पुगेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यो स्तरलाई ‘अति अस्वस्थकर’ मानिन्छ, जसले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था क्ष्त्तब्ष्चका अनुसार अहिले विश्वका प्रदूषित सहरहरूको सूचीमा काठमाडौं तेस्रो स्थानमा रहेको छ। काठमाडौंभन्दा बढी प्रदूषण भएको सहरमा भारतको दिल्ली मात्र अघि रहेको छ, जहाँ एक्यूआई करिब २९८ पुगेको छ।
यसबीच नेपालका केही ठाउँमा पानी परे पनि वायु प्रदूषण खासै घटेको छैन। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार अहिले हावा धेरै कम चलेको छ। साथै छिमेकी देशबाट आएको धुवाँ र धुलो पनि यहाँ जमेर बसेकाले प्रदूषण कम हुन सकेको छैन। हावा राम्रोसँग चल्न थालेपछि मात्रै वायु प्रदूषण घट्ने सम्भावना हुन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे