
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना देशभर जारी छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो अग्रता बनाएको छ र प्रत्यक्ष तथा समानुपातिक दुवै जोड्दा दुई तिहाइ सिट नजिक पुग्ने सम्भावना देखिएको छ।
मतगणनाको प्रारम्भिक नतिजाले श्रमसंस्कृति पार्टी पनि राष्ट्रिय दल बन्ने सम्भावना बलियो भएको देखाएको छ। ‘माटो’ चुनाव चिह्न रहेको यस पार्टीले करिब ३ लाख मत पाइसकेको छ। समानुपातिकबाट कम्तीमा ४ सिट पाएमा र प्रत्यक्षतर्फ जितेका ३ सिट जोड्दा यो पार्टी पहिलो चुनावमै राष्ट्रिय दल बन्न सक्छ।
अहिलेसम्म ८६ लाखभन्दा बढी मत गणना भइसकेको छ, जसमा रास्वपाले ४१ लाखभन्दा बढी मत पाएको छ। त्यसपछि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे