
काठमाडौं । विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई जनताको अपेक्षा अनुसार आफ्नो नीति, नेतृत्व, संगठन र कार्यशैली सुधार गर्न आग्रह गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार बनेका पौडेल यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। उनले आज विज्ञप्ति जारी गर्दै विगतमा पार्टीबाट भएका गल्ती र कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। साथै जनताको चाहना अनुसार पार्टीलाई परिवर्तन र सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ।
पौडेलले रुपन्देही–२ का मतदाताहरूले दिएको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको पनि बताएका छन्। उनले निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।
त्यसैगरी उनले आफूलाई मत दिने तथा विभिन्न चुनाव चिह्नमा मतदान गर्ने सबै मतदाताप्रति सम्मान व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे