
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्। बालेनसँग करिब ५० हजार मतान्तरले पराजित भएसँगै ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।
उनले भनेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना।’
यसअघि बालेनमाथि खनिँदै आएका अध्यक्ष ओलीले आफू पराजित भएको स्वीकार गर्दै बधाई दिएका हुन्। झापा ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका ओलीले १८ हजार ७३४ मत पाउँदा बालेनले ६८ हजार ३४८ मत पाएका थिए।
ओली झापा ५ बाट ओली पटक–पटक निर्वाचित हुँदै सत्तामा पुगेका थिए। बालेन भने पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे