
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर पाँचअन्तर्गत धापासीस्थित फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन्। बिहानको समयमा मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेकी हुन्।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा अघि बढिरहेकोप्रति सन्तोष व्यक्त गरिन्। देशभर लोकतान्त्रिक अभ्यासका रूपमा निर्वाचन भइरहेको देख्दा खुसी लागेको उनको भनाइ थियो।
आफ्नो नेतृत्वमा निर्वाचन भइरहेको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले आफूले नागरिकका रूपमा निर्वाह गर्नुपर्ने दायित्व पूरा गरेको बताइन्। उनले देशमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै आम नागरिकलाई पनि निर्भीक रूपमा मतदानमा सहभागी हुन आग्रह गरिन्।
निर्वाचनमार्फत जनताको मत अभिव्यक्त हुने भएकाले यसलाई लोकतन्त्रको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे