
एजेन्सी– अमेरिकाले पाकिस्तानस्थित आफ्नो वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई तत्काल पाकिस्तान छोड्न आदेश दिएको छ भने साउदी अरब, साइप्रस र ओमानस्थित अमेरिकी मिसनका कर्मचारीहरूलाई पनि त्यहाँबाट बाहिर निस्कन अनुमति दिएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार सुरक्षा जोखिमका कारण लाहोर र कराँचीस्थित अमेरिकी दूतावासका कर्मचारी र उनीहरूको परिवारलाई सुरक्षित स्थानमा पठाउन आदेश जारी गरिएको हो। यद्यपि इस्लामाबादस्थित दूतावासको सुरक्षा अवस्थामा कुनै परिवर्तन नभएको मन्त्रालयले जनाएको छ।
यसअघि पनि अमेरिकी सरकारी कर्मचारी र परिवारलाई मध्यपूर्वका अन्य देशहरूबाट अमेरिका फर्किन निर्देशन दिइएको थियो। हालसम्म नौ हजारभन्दा बढी अमेरिकी नागरिक सुरक्षित रूपमा मध्यपूर्वबाट फर्किसकेका छन् भने इजरायलबाट फर्किनेहरू ३०० भन्दा बढी छन्।
अमेरिकी दूतहरूले जेनेभामा इरानसँग आणविक सम्झौताको विषयमा छलफल गरेपछि अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण सुरु गरेका थिए। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी आक्रमणमा परी मृत्यु भएका छन् भने इरानले जबाफी आक्रमण विस्तार गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे