
काठमाडौँ । संघीय राजधानी उपत्यकामा पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका लागि नेपाली कांग्रेसका उम्मेदवारहरूले आगामी पाँच वर्षमा गर्ने विकास योजनाको साझा खाका ‘भिजन १०’ आज सार्वजनिक गर्दै छन्।
पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार दिउँसो आयोजना हुने कार्यक्रममा सबै उम्मेदवारको उपस्थितिमा यो प्रतिबद्धता सार्वजनिक गरिनेछ। महामन्त्री पौडेल काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत हुनुहुन्छ।
उनका अनुसार उपत्यकाको दिगो विकासका लागि यातायात, पूर्वाधार र अन्य मुख्य मुद्दामा उम्मेदवारबीच परामर्श गरी साझा खाका तयार गरिएको हो।
महामन्त्री पौडेलले भने, “हाम्रो प्राथमिकता उपत्यकाको समग्र विकास हो। एउटै उम्मेदवारको नाममा मात्र भन्दा सबै उम्मेदवारले साझा रुपमा मुद्दा उठाउँदा विकासका योजना कार्यान्वयनमा सहजता हुनेछ। त्यसैले हामीले भिजन १० नामक साझा प्रतिबद्धता सार्वजनिक गर्ने निर्णय गरेका हौं।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे