
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आज सर्लाही जाँदैछन्। रास्वपाका नेता तथा सर्लाही–४ का उम्मेदवार डा। अमरेश कुमार सिंहले सभापति लामिछाने आज सर्लाही–४ आउने जानकारी दिएका हुन्। उनले सबै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भएर सभापति लामिछानेलाई स्वागत गर्न आग्रह गरेका छन्।
सभापति लामिछाने बर्दिबास हुँदै सर्लाही प्रवेश गर्ने कार्यक्रम छ। उनी दिउँसो २स्१५ बजे लालबन्दी पुग्नेछन्। त्यसपछि बयल बास, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा र नयाँ रोड हुँदै साँझ ५स्१० बजे रौतहट तर्फ जाने बताइएको छ।
सभापति लामिछानेको आगमनले सर्लाहीको राजनीतिक वातावरण थप चहलपहल हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा पार्टीका कार्यकर्ता र समर्थकहरू स्वागत कार्यक्रम सफल बनाउन सक्रिय रूपमा जुटिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे