
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्री भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्मा मार्फत जानकारी दिँदै अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरेर उपचार कोषमा कांग्रेसको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गरिने बताएको जनाए।
शर्माले लेखेका छन् देशको नाम उज्यालो बनाउन ठूलो योगदान पुर्याएकी चर्चित फुटबल खेलाडी साम्बालाई अहिले सबैले साथ दिनु आवश्यक छ र उनी छिट्टै निको हुनुहोस् भन्ने कामना पनि गरेका छन् ।
उल्लेखनीय छ, साम्बाले सोमबार मात्र आफ्नो उपचारका लागि सहयोगको आग्रह गर्दै सामाजिक सञ्जालमा भावुक सन्देश लेखेका छन् । उनको त्यो अपिलपछि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम सुरु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे