
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा पश्चिमी वायुको हल्का प्रभाव देखिएको छ। यसको असरले कर्णाली प्रदेशसहितका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका धेरै ठाउँमा मौसम प्रायः सफा छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्न सक्छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। यी प्रदेशका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने र हिमाली क्षेत्रमा हल्का हिमपात पनि पर्न सक्ने अनुमान गरिएको छ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्न सक्छ। बाँकी अधिकांश भूभागमा भने मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे