• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १२, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

२ घण्टा अघि
२

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

२0 घण्टा अघि
३

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

२१ घण्टा अघि
४

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

२१ घण्टा अघि
५

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

२३ घण्टा अघि
६

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

२३ घण्टा अघि
७

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१ दिन अघि
८

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१ दिन अघि
९

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१ दिन अघि
१०

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

१ दिन अघि
११

श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना

१ दिन अघि
१२

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ फागुन ८, शुक्रबार (२ महिना अघि)

नीति छ, प्रभाव छैन: स्वास्थ्य शिक्षा र सञ्चारको कार्यान्वयन संकट

  • 1,924 Views
  • काठमाडौं। राष्ट्रिय स्वास्थ्य नीति, २०४८ ले प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक स्वास्थ्य सेवाअन्तर्गत स्वास्थ्य शिक्षा र सञ्चारलाई जनस्वास्थ्य सुधारको मेरुदण्डका रूपमा स्वीकार गरेको छ। नीतिले आम समुदायमा स्वास्थ्य चेतनाको अभाव नै खराब स्वास्थ्य अवस्थाको मुख्य कारण भएको औँल्याउँदै केन्द्रदेखि गाउँस्तरसम्म प्रभावकारी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने स्पष्ट मार्गनिर्देशन दिएको छ। राजनीतिज्ञ, शिक्षक, सामाजिक संघसंस्था, महिला तथा स्वयंसेविकालाई वडा तहसम्म परिचालन गर्ने अवधारणासमेत यही नीतिबाट अघि सारिएको हो।

    यसै नीतिगत आधारमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र ले स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको एकीकृत ‘एकद्वार प्रणाली’ का रूपमा वकालत, समुदाय परिचालन र व्यवहार परिवर्तन सञ्चार  कार्यक्रमहरूको योजना, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्दै आएको छ। केन्द्रले सबै स्वास्थ्यसम्बन्धी सन्देशलाई एकीकृत रूपमा सञ्चालन गरिरहेको भए पनि समयानुकूल नीतिगत सुदृढीकरण र प्रभावकारितामा अझै प्रश्न उठिरहेका छन्।

    नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम दोस्रो (२०१०–२०१५) ले स्वास्थ्य शिक्षा तथा सञ्चारलाई जनस्वास्थ्य प्रवद्र्धनको प्रमुख औजारका रूपमा प्राथमिकता दिएको थियो। अत्यावश्यक स्वास्थ्य सेवा तथा कार्यक्रमको उपयोग वृद्धि, सरुवा तथा नसर्ने रोग नियन्त्रणका लागि वकालत, सामाजिक परिचालन र व्यवहार परिवर्तन सञ्चारलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिइए पनि व्यवहारमा अपेक्षित प्रभाव देखिएको छैन। छापा माध्यम, नेपाल टेलिभिजन, रेडियो नेपाल र प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरिएका अन्य सञ्चार माध्यममार्फत स्वास्थ्य सन्देश प्रवाह हुँदै आए पनि यसको पहुँच, गुणस्तर र प्रभावकारितामा असमानता देखिन्छ।

    स्वास्थ्य सूचकाङ्कले नेपालको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख देखिए पनि चुनौती गम्भीर नै छन्। हाल कुल मृत्युको ५१ प्रतिशत नसर्ने रोग, ४२ प्रतिशत सरुवा रोग तथा अन्य कारण र ७ प्रतिशत दुर्घटना तथा चोटपटकबाट हुने गरेको तथ्याङ्क छ। मातृ मृत्युदर २८१ प्रति एक लाख जीवित जन्म, नवजात शिशु मृत्युदर ३३, शिशु मृत्युदर ४६ र पाँच वर्षमुनिका बालमृत्युदर ५४ प्रति हजार जीवित जन्म रहेको छ। औसत आयु ६३ वर्ष नाघे पनि जनस्वास्थ्य सेवा र कार्यक्रमप्रति नागरिकको पहुँच र उपयोग वृद्धि नगरी रोग र मृत्युदर घटाउन कठिन हुने देखिन्छ।

    यही सन्दर्भमा स्वास्थ्य सञ्चार कार्यक्रमहरूको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सञ्चार कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न अनेकौं समस्या भोग्दै आएको छ। नीतिगत रूपमा प्राथमिकता दिइए पनि व्यवहारमा विभिन्न निकायबीच समन्वय अभाव देखिन्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग सहमति र समन्वयबिनै स्वास्थ्य सन्देश विकास, उत्पादन र प्रचारप्रसार हुनु, कतिपय सामग्रीमा शुद्धता, एकरूपता र आधिकारिकताको कमी हुनु गम्भीर समस्या बनेको छ।

    स्वास्थ्य सन्देश प्रचारप्रसारमा अझै पनि सरकारी सञ्चार माध्यम केन्द्रित सोच हावी छ। समाजमा व्यापक रूपमा स्थापित निजी र सामुदायिक सञ्चार माध्यमलाई पर्याप्त उपयोग गर्न नसक्दा पहुँच सीमित भएको छ। बहुभाषिक र बहुसांस्कृतिक देश हुँदाहुँदै अधिकांश स्वास्थ्य सन्देश नेपाली भाषामै सीमित हुनु अर्को चुनौती हो। दुर्गम क्षेत्र, सीमान्तीकृत समुदाय र अशिक्षित जनसमुदायसम्म सन्देश पुर्‍याउन आवश्यक सामग्री, भाषा र माध्यमको अभाव देखिन्छ।

    सूचना प्रविधि र सञ्चार माध्यमको तीव्र विस्तारसँगै स्वास्थ्य सन्देशको माग बढ्दै गए पनि स्रोत, दक्ष जनशक्ति र गुणस्तरीय सामग्री अभावका कारण प्रभावकारी सञ्चार हुन सकेको छैन। महिलाहरू, गरिब तथा सीमान्तीकृत समुदाय सञ्चार माध्यममा पहुँच हुँदाहुँदै पनि दैनिक जीवनको व्यस्तताका कारण स्वास्थ्य सन्देशबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ।

    अर्कोतर्फ, स्वास्थ्य सञ्चार सरकारको मात्र दायित्व हो भन्ने मानसिकता, निजी सञ्चार माध्यमको उदासीनता र विज्ञापनमुखी प्रवृत्तिले जनस्वास्थ्यलाई आवश्यक प्राथमिकता दिन सकिएको छैन। स्वास्थ्यलाई हानि पुर्‍याउने सामग्री खुलेआम प्रचारप्रसार भइरहे पनि त्यसको नियन्त्रणका लागि प्रभावकारी नीति र संयन्त्र कमजोर छन्। औषधि व्यवस्था विभागले सूचीकरण नगरेका वा प्रतिबन्धित औषधिबारे पर्याप्त जानकारी नहुँदा उपभोक्ता जोखिममा परिरहेका छन्।

    शिक्षा प्रणालीमा जीवनोपयोगी स्वास्थ्य शिक्षाको अभाव, स्वास्थ्य, वातावरण र जनसंख्या विषयबीचको कमजोर समन्वय तथा बहुसञ्चार विधिको न्यून प्रयोगले स्वास्थ्य सञ्चार अभियान अपेक्षित प्रभाव दिन असफल भएको विश्लेषण गरिन्छ। समग्रमा, नीति, संरचना र संस्थागत व्यवस्था हुँदाहुँदै पनि प्रभावकारी स्वास्थ्य सञ्चारको अभावले नेपालको जनस्वास्थ्य सुधार यात्रालाई चुनौतीपूर्ण बनाइरहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    २ घण्टा अघि

  • २

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    २0 घण्टा अघि

  • ३

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    २१ घण्टा अघि

  • ४

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    २१ घण्टा अघि

  • ५

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    २३ घण्टा अघि

  • ६

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    २३ घण्टा अघि

  • ७

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १ दिन अघि

  • ८

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १ दिन अघि

  • ९

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु
    १ दिन अघि

  • १०

    थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ६

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution