
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसको अवसरमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले २००७ सालको क्रान्तिले नेपालीलाई रैतीबाट नागरिक बनाएको र २०१५ सालमा आजकै दिन पहिलो संसदीय निर्वाचन सुरु भएको स्मरण गराएकी छन् । त्यसैले आजको दिनलाई निर्वाचन दिवसका रूपमा पनि लिन सकिने उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई व्यवहारमै उतार्न नसकिएकाले पटक–पटक आन्दोलन गर्नुपरेको उल्लेख गर्दै अब भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य गर्न संस्थागत सुधार आवश्यक रहेको भनाइ राखेकी छन् । उनले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनबाट लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आग्रह गरेकी छन् । साथै, प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे