
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको उपस्थितिमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रम दिउँसो १२ बजे बानेश्वरस्थित एभरेस्ट होटेलमा हुने एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिएका छन् । घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गरिनेछ ।
साथै, सुशासनको प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय सुनिश्चितता र संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको एमालेले जनाएको छ । आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित विभिन्न रणनीतिक कार्यक्रमहरू पनि घोषणापत्रमार्फ सार्वजनिक गरिने पार्टीको भनाइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे