
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैले मिलेर काम गर्नुपर्ने बताए । उनले देशको सार्वभौमसत्ता, लोकतन्त्र र नागरिक स्वतन्त्रताका लागि संघर्ष गर्ने ज्ञात–अज्ञात सहिद तथा अग्रजहरूलाई सम्मान प्रकट गरे।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताको चाहनाअनुसार सुशासन र विकासको बाटो अघि बढाउन फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
विसं २००७ को क्रान्तिबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने उहाँको भनाइ छ। लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले सामाजिक न्याय, समानता र राष्ट्रिय एकता मजबुत बनाउने विश्वास पनि उनले व्यक्तm गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे