
काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रियसभाको अहिले चलिरहेको अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्ले माघ २६ गते अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते मध्यरातदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासले जारी गरेको सूचनामा नेपालको संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रियसभाको अधिवेशन अन्त्य गरिएको जनाइएको छ। राष्ट्रियसभाको यो अधिवेशन माघ ४ गतेबाट सुरु भएको थियो। करिब एक महिनासम्म चलेपछि अब औपचारिक रूपमा बन्द गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे