
काठमाडौँ । निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिक पार्टीका रूपमा मान्यता दिएपछि शेरबहादुर देउवा पक्ष असन्तुष्ट बनेको छ। आयोगको यो निर्णय स्वीकार नगर्ने भन्दै देउवा पक्ष सर्वोच्च अदालत पुगेका छन्।
शनिबार सानेपामा बसेको विघटित केन्द्रीय समितिको बैठकले आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको थियो। सो निर्णयअनुसार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू आइतबार सर्वोच्च अदालत पुगेर रिट दर्ता गरिरहेका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो। तर देउवा पक्षले आयोगको यो निर्णय कानुनविपरीत, एकपक्षीय र गलत नियतबाट आएको दाबी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे