
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच हुनेछ। जनकपुर पहिलो खेलमा काठमाडौंबाट हार खाएकोले आज विराटनगरलाई थिचेर लय फिर्ता ल्याउने सोचमा छ। विराटनगर भने लगातार तेस्रो जित खोज्दै मैदान उत्रनेछ। उनीहरूले पहिले पोखरा र काठमाडौं दुवैलाई हराएका थिए। गत वर्ष पहिलो भेटमा जनकपुरले विराटनगरलाई सजिलै हराएको थियो, त्यसको बदला लिन विराटनगर आज निकै आक्रामक हुने अपेक्षा रहेको छ।
दोस्रो खेल अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ। कप्तान दिपेन्द्र सिंह ऐरीको सुदूरपश्चिम यो पटक उपाधि जित्ने ठूलो लक्ष्यसहित मैदानमा छ। कर्णालीले पहिलो खेल हारे पनि दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराउँदै उत्कृष्ट फिर्ती गरेको थियो, जसमा मार्क वाटको शतकीय पारी दमदार रह्यो।
गत संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई हराएको भए पनि यसपटक कर्णाली सहज यात्राको खोजीमा छ। प्रतियोगिता मंसिर २७ मा सम्पन्न हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे