
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। खेल अपराह्न ४ बजे सुरु हुनेछ। पोखरा एभेञ्जर्सको टोलीलाई कुशल भुर्तेलले कप्तानी गर्नेछन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्।
पोखरा एभेञ्जर्समा घरेलु र विदेशी खेलाडीहरूको राम्रो संयोजन रहेको छ। आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन टोलीका मुख्य खेलाडी मानिन्छन्।
सुदूरपश्चिम रोयल्समा विकेटकिपर विनोद भण्डारीसँगै स्टार खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र अविनाश बोहरा खेल्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे