
काठमाडौं — आज नेपालले टी–२० विश्वकप एसिया (इस्ट एशिया प्यासिफिक) छनोट प्रतियोगितामा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल राति ८ः४५ बजे सुरु हुनेछ। समूह ‘बी’मा नेपाल, कुवेत र जापान छन्। नेपालले शुक्रबार दोस्रो खेल जापानसँग खेल्नेछ। कुवेतसँग नेपालले यसअघि मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक भिड्न लागेको हो।
यो छनोट प्रतियोगितामा ९ देश सहभागी छन्। समूह ‘ए’मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। नेपाल हाल वेस्ट इन्डिज र ओमानविरुद्धको तयारी खेलमा जित हात पारेको हुनाले टिमको आत्मविश्वास उच्च छ।
अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा २० देश सहभागी हुनेछन्। हालसम्म १७ देशले छनोट पाइसकेका छन्, र बाँकी ३ स्थानका लागि यो प्रतियोगिताबाट टिम छनोट हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे