
काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा आइतबार राति करिब १ बजे १८ वर्षीया किशोरी अर्सी खातुनको गोली प्रहार गरी हत्या गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार खातुनलाई उनका भिनाजु भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले टाउकोमा गोली हानी हत्या गरेको सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन्।
घटनास्थलमै खातुनको मृत्यु भएको थियो भने प्रहरीले एक थान गोलीको खोका बरामद गरेको छ। घटनापछि आरोपी मिया फरार छन् र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। गोली प्रहारको कारण हालसम्म खुल्न नसकेको जनाइएको छ। घटना भारतीय सीमावर्ती क्षेत्र नजिक भएकाले थप अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू घटनाबारे थप विवरण संकलनमा जुटिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे